दफा १४७
पुनरावेदन लाग्ने म्यादसम्म साधक फैसला गर्न नहुने
(१) दफा १४५ बमोजिम साधक पेश भएको मुद्दामा पुनरावेदन लाग्ने म्यादसम्म साधकको फैसला गर्न हुँदैन ।
(२) उपदफा (१) बमोजिमको म्यादभित्र पुनरावेदन परेमा साधकको लगत कट्टा गरी पुनरावेदनको रोहबाट मुद्दाको सुनुवाई गर्नु पर्नेछ ।
तर सजाय पाउने ब्यक्तिहरुमध्ये कुनै ब्यक्तिको मात्र पुनरावेदन परेकोमा पुनरावेदन नगर्ने ब्यक्तिका हकमा पनि सोही पुनरावेदन कै रोहबाट निर्णय गर्नु पर्नेछ ।